गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्कासन गर्ने
- BFIS News
- 2024 May 27 17:03

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
यसका लागि इन्स्योरेन्सले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया