NIMB Header 2
Nepal Life

अभियान लघुवित्तले बोलायो साधारण सभा, के छन् एजेण्डा?

National Life
  • BFIS News
  • 2024 May 29 13:06
अभियान लघुवित्तले बोलायो साधारण सभा, के छन् एजेण्डा?
Sanima Reliance

 काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते काभ्रेपलाञ्चोकको ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो।

Shikhar
NIMB

उक्त सभामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट स्वीकृती लिने, अभिलेख गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य कुनै 'घ' वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभा प्रयोजनका लागि संस्थाले जेठ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया