Nepal Life

सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

NMB Bank
  • BFIS News
  • 2024 May 29 13:13
सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
United Ajod

काठमाडौं। नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै  त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका  क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका  हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड दिएकी हुन्। सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

परराष्ट्र सचिव लम्सालले सिड्स सम्मेलनको उद्घाटन सत्रमा भाग लिनाका साथै अल्पविकसित तथा भूपरिवेष्टित विकासशील मुलुक र साना टापु राष्ट्रका लागि राष्ट्रसङ्घका उपमहासचिव रबाब फतिमासँग भेटवार्ता गरेकी थिइन्।

त्यस अवसरमा उनीहरुबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको साझेदारीका साथै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल भएको थियो। नेपालको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति, सहज सङ्क्रमण र अल्प विकसित राष्ट्रहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको उक्त नियोगले जनाएको छ।

सम्मेलनका क्रममा परराष्ट्र सचिव लम्सालले युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख इगोर झोभ्केभासँग भेटवार्ता गरेकी थिइन्। उनीहरुबीच अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–युक्रेन साझेदारीबारे पनि छलफल भएको थियो। साथै उनले स्टोनियाको प्रतिनिधिमण्डलकी नेत्री मिन्ना–लिना लिन्डलाई भेटेर राष्ट्रसङ्घीय सहायता प्रारुपमा रहेर नेपाल–स्टोनिया सम्बन्ध विस्तारबारे विचार–विमर्श गरेकी थिइन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया