Nepal Life

नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छ : प्रधानमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 May 29 18:18
नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छ : प्रधानमन्त्री
United Ajod

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन्। सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको भवन उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताए।

Shikhar
Nepal Life
NIMB

“गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्रीले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए।

“प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ। त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री दाहालले भने।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया