NIMB Header 2
Nepal Life

कुलमानको विद्युत निर्यात निर्णयमा उद्योग व्यवसायीको 'अब्जेक्सन', भने - स्वदेशी उद्योग मार्न पाइँदैन

Muktinath Bank
  • BFIS News
  • 2024 May 31 15:08
कुलमानको विद्युत निर्यात निर्णयमा उद्योग व्यवसायीको 'अब्जेक्सन', भने - स्वदेशी उद्योग मार्न पाइँदैन
Everest Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात भएको बताएपछि उद्योग व्यवसायीले आक्रोश व्यक्त गरेका छन्। नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

Shikhar
NIMB

परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी उद्योगहरुलाई मारेर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेकोमा आपत्ती जनाएको छ।

‘सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं। हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दै आएका थियौं। तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन। जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन्। अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई खुद निर्यातकर्ता देखाउन खोजेको पुष्टि गरेको छ। प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ’, विज्ञप्तीमा भनिएको छ।  

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रवर्द्धनमा सहयोग गर्न पनि परिसंघले प्राधिकरणसँग आग्रह गरेको छ। साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न पनि उसले माग समेत गरेको छ।

गत बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत निर्यात भइरहेको बताएका थिए।

खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत निर्यात सुरू गरिएको उनले बताएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया