Nepal Life

बेरोजगारी दरमा झिनो सुधार हुने, श्रम बजार अझै पनि महिलाका लागि असमान क्षेत्र

NMB Bank
  • BFIS News
  • 2024 Jun 01 08:43
बेरोजगारी दरमा झिनो सुधार हुने, श्रम बजार अझै पनि महिलाका लागि असमान क्षेत्र
United Ajod

काठमाडौं । ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोशल आउटलुक’ शीर्षकको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर ४.९ प्रतिशत पुग्ने सम्भावना छ। यो दर २०२३ मा ५ हुने अनुमान गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

यो तथ्याङ्कले यस वर्षको जनवरीमा ५.२ प्रतिशतको अनुमानमा परिवर्तन भएको देखाउँछ। यद्यपि, बेरोजगारीको यो घट्दो अनुमान सन् २०२५ मा रोकिने सम्भावना छ, किनकि २०२५ मा पनि यस्तो दर ४.९ प्रतिशत नै रहने अनुमान छ।

संयुक्त राष्ट्रसंघीय श्रम एजेन्सीको यो प्रतिवेदनमा रोजगारीका अवसरको कमीबारे पनि वैश्विक समुदायलाई सचेत गराइएको छ।

हाल, संसारभर ४० दशमलव २ करोड मानिसहरू यस्ता छन् जो काम गर्न चाहन्छन् तर उनीहरुसँग जागिर नै छैन। जसमध्ये १८.३ करोड यस्ता मानिस पनि छन् जसलाई बेरोजगारका रुपमा गनिन्छ।

खासगरी कम आय भएका देशहरूमा महिलाहरू रोजगारीका अवसरहरूको अभावबाट असमान रूपमा प्रभावित छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बर्ट होङ्बोले विश्वव्यापी असमानता घटाउने प्रयास भए पनि श्रम बजार अझै पनि विशेषगरी महिलाका लागि असमान क्षेत्र रहेको बताए।

न्यून आय भएका देशहरूमा पुरुषहरूका तुलनामा महिलामा बेरोजगारीको दर बढी छ। जस्तो ५ पुरुषमा १५.३ प्रतिशतले काम पाउन मुस्किल छ अर्थात सातमध्ये एक जना पुरुष यसलाई महिलाको तथ्याङ्कसँग तुलना गर्ने हो भने यो दर पाँचमध्ये एक जनाभन्दा बढी महिला अर्थात २२.८ प्रतिशत रहेको छ।

यसको विपरित, उच्च आय भएका देशहरूमा, यो संख्या महिलाहरूको लागि १० प्रतिशत र पुरुषहरूको लागि ७.३ प्रतिशत छ।

यति मात्रै होइन आयमा पनि असमानता छ। अध्ययनका अनुसार उच्च आय भएका देशहरूमा महिलाहरूले पुरुषले कमाएको प्रत्येक एक डलरबराबर ७३ सेन्ट कमाउँछन्, जुन न्यून आय भएका देशहरूमा ४४ सेन्ट रहेको छ।

यस भिन्नताको प्रमुख कारण पारिवारिक जिम्मेवारीलाई उल्लेख गरिएको छ। महिलाहरू असमान रूपमा बेतलबी हेरचाह कार्यमा संलग्न छन्, जुन रोजगारीमा लैङ्गिक अन्तरको प्रमुख कारण हो।

राष्ट्रसंघीय निकायका प्रमुख होङ्बोले देशहरूले कार्यस्थलमा सबै मानिसहरूको आवश्यकतालाई ध्यानमा राखेर समावेशी नीतिहरू अपनाउनुपर्ने बताए।

यस क्रममा समावेशीकरण र सामाजिक न्यायलाई नीति र संस्थाको जगमा स्थान दिनुपर्छ । र, यदि यो गरिएन भने, बलियो र समावेशी विकासको लक्ष्य पहुँच बाहिर रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया