Nepal Life

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Jun 02 11:29
सुन-चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रूपैयाँले घटेको हो। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया