NIMB Header 2
Nepal Life

सहकारीपीडितको बचत रकम फिर्ता र दोषीलाई कारबाही हुनुपर्छ : थापा

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 02 13:22
सहकारीपीडितको बचत रकम फिर्ता र दोषीलाई कारबाही हुनुपर्छ : थापा
Everest Bank

काठमाडौं। प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे।

Shikhar
NIMB

यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए।

“यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्। राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्”, उनले भने, “सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन्। उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।”

गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया