Nepal Life

एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा एक पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Jun 02 18:41
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा एक पक्राउ
United Ajod

काठमाडौं । एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। आइतबार नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा ८५२ जना जाहेरवालाले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए । 

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए । 

उनले २०८० फागुन २० गतेदेखि नै काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएर फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए । लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया