Nepal Life

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Jun 03 11:28
ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आइतबार प्रतितोला १८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया