NIMB Header 2
Nepal Life

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 03 11:28
ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो?
Everest Bank

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आइतबार प्रतितोला १८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया