NIMB Header 2
Nepal Life

एनआइसी एसिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

National Life
  • BFIS News
  • 2024 Jun 03 14:31
एनआइसी एसिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवार्ड्स २०२४ अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो।

Shikhar
NIMB

नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आइसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो । आइसर्भ एनआइसी एसिया बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म भएको बैंकले दाबी गरेको छ । जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ।

जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

लाखौं ग्राहकहरुमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा मार्फत अधिकांश डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यो सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु माझ पुर्याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एनआइसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया