NIMB Header 2
Nepal Life

नेप्से परिसूचकमा ३.९७ अंकको गिरावट, कारोबार रकममा पनि कमी

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 03 15:40
नेप्से परिसूचकमा ३.९७ अंकको गिरावट, कारोबार रकममा पनि कमी
National Life

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेको छ। यसदिन नेप्से ०.१९ प्रतिशतले घटेर २०७९.०७ विन्दुमा बन्द भएको छ।

NIMB

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१६ वटा धितोपत्रको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ।

हिमालयन लघुवित्तको सेयर मूल्य ६.९१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २७९ रूपैयाँ ९० पैसा कायम भएको छ।

एनआइबिएल स्टेबल फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त योजनाको प्रति इकाइ मूल्य ९ रूपैयाँ कायम भएको छ। यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य ५.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३५ रूपैयाँमा झरेको छ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ५९५ रूपैयाँमा १४ करोड ८५ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५६ रूपैयाँ ९० पैसामा १३ करोड ८६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको २.४३ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार