NIMB Header 2
Nepal Life

निक्षेप तथा कर्जा सुरक्षण कोषले बीमा कम्पनीहरुमा जोखिम हस्तान्तरण गर्ने, सुरु गर्यो अध्ययन

National Life
  • BFIS News
  • 2024 Jun 04 05:26
निक्षेप तथा कर्जा सुरक्षण कोषले बीमा कम्पनीहरुमा जोखिम हस्तान्तरण गर्ने, सुरु गर्यो अध्ययन
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफुले लिएको जोखिमको बीमा गर्नको लागि अध्ययन सुरु गरेको छ । कोषले हालसम्म खर्ब भन्दा धेरैको दायित्व एक्लैले बहन गर्दै आइरहेको छ । 

Shikhar
NIMB

निक्षेप तथा कर्जा सुरक्षण कोषको अवधारणा र कार्य बीमा कम्पनीको जस्तै हो । तर कोषले अहिलेसम्म पनि आफुले लिएको जोखिम हस्तान्तरण गर्न सकेको छैन। कोषले यस विषयमा अध्ययन समिति बनाएर के कसरी अगाडी बढ्न सकिन्छ भनेर मोडालिटी बनाउने काम गरिरहेको कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

उनले भने 'कोष सँग अहिले २७ अर्ब हाराहारीको सम्पत्ती छ । यो रकमले त भोलिका दिनमा खर्बौ रुपैयाँ दायित्व पर्न जादा भुक्तानी गर्न सकिदैन । कोषले अहिलेसम्म साना साना स्केलमा काम गर्दै आइरहेको छ । अव ठुलो स्केलमा जोखिम बहन गर्दै जानेछ । यस पछि अहिले हामी सँग भएको कोषले मात्रै सुरक्षण गर्न सक्दैन । यसका लागि हामीले जोखिम हस्तान्तरण गर्नै पर्छ ।'

उनले थपे 'हामीले कुनै बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्ने योजना बनाएका छौ । यसरी हामीले हस्तातरण गरेको जोखिम भोलिका दिनमा केहि हुँदा बीमा कम्पनी मार्फत रिकभर गर्न सक्छौ ।'

तर यसमा कोषको ठुलो समस्या रहेको उनि बताउछन् । कोषले एकदमै कम शुल्कमा जोखिम बहन गर्दै आइरहेकाले यो रकमबाट कुनै पनि बीमा कम्पनीले जोखिम बहन गर्न नसक्ने अवस्था रहेको उनले जानकारी दिए ।

कोषले कर्जामा न्युनतम ०.६ प्रतिशतसम्म पनि प्रिमियम चार्ज गर्दै आइरहेको छ । यसमा पनि ५० प्रतिशत नेपाल सरकारले अनुदान बापत भुक्तानी गर्छ र बाँकी ऋणीहरु सँग लिइन्छ ।

यदि नेपाल सरकारले अनुदान नदिने हो भने कोषको आम्दानी एकदमै कम हुन जान्छ । सरकारले कोषलाई ४० प्रतिशतदेखि कर्जाका स्किम हेरेर ८० प्रतिशतसम्म प्रिमियम दिन्छ । यस रकमबाटै बीमा कम्पनीलाई प्रिमियम तिर्नु पर्ने भएकाले यसमा केहि मोडलका विषयमा गृहकार्य गर्नु पर्ने देखिएको उनले बताए। उनले थपे 'यसमा हाम्रो समुहले अध्ययन गरिरहेको छ ।'

पुरै पोर्टफेलियोकै बीमा गर्दा पनि एक्चुरियल मूल्याङ्कन गर्नु पर्छ । दायित्वहरुको पुर्ण रुपमा मूल्याङ्कन गरेपछि मात्रै कसरी जोखिम शेयर गर्ने भनेर कोष अगाडी बढ्ने उनले बताए । 

यो आर्थिक वर्षमा यस विषयमा केहि गर्न नसकिए पनि अर्को आर्थिक वर्षमा केहि न केहि गर्ने योजनामा कोष रहेको छ । भोलिका दिनमा कोषले दायित्व बहन गर्न सक्ने अवस्थासम्म आफैले लिने र नसक्ने अवस्थाको दायित्वलाई हस्तान्तरण गरेर भए पनि सुरु गर्ने सिइओ घिमिरेको योजना छ ।

कोषको सञ्चालक समितिले समेत जसरी पनि जोखिम हस्तान्तरण गर्नै पर्छ भन्दै आइरहेको छ । तर यस विषयमा कुनै पनि संयन्त्रहरु निर्माण भएको छैन । कसरी जाने कुन मोडलमा जाने भन्ने अन्योलताकै कारण कोषले कुनै पनि निर्णय गरेको देखिदैन । तर कोष जोखिम हस्तान्तरण गरेर भोलिका दिनमा आइपर्ने जुनसुकै जोखिमको सामना गर्ने पक्षमा देखिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया