Nepal Life

नेपाली बजारमा सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, चाँदीको पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 11:39
नेपाली बजारमा सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, चाँदीको पनि बढ्यो
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि गत जेठ २२ गते (मंगलबार) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले बढेको हो। बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया