NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 06 15:42
साताको कारोबारको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि
Everest Bank

काठमाडौं । साताको अन्तिमा कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेको छ। नेप्से ०.०९ प्रतिशतले घटेर २०७७.७८ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रूपैयाँको कारोबार भएकोमा बिहीबार चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२२ वटा धितोपत्रको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार २१ रूपैयाँ ९० पैसा र ७०४ रूपैयाँ कायम भएको छ।

माइ खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ६.४० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ४६८ रूपैयाँ कायम भएको छ।

यस्तै, ज्योति विकास बैंक बन्ड २०८७ को मूल्य ५.५३ प्रतिशतले घटेर प्रति  बन्ड मूल्य ९८२ रूपैयाँमा झरेको छ।

बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँमा १८ करोड ६८ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९८० रूपैयाँमा १४ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.०८ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया