Nepal Life

एकैदिन चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Jun 09 12:52
एकैदिन चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रूपैयाँ घटेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया