Nepal Life

नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Jun 09 16:00
नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ
United Ajod

काठमाडौं । काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिया पसल सञ्चालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले तारादेवीलाई पक्राउ गरेको थियो। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५ लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति पक्राउ गरिएको हो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया