NIMB Header 2
Nepal Life

नेपाल र भारतका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता, आपसी हितका विषयमा छलफल

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 10 08:36
नेपाल र भारतका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता, आपसी हितका विषयमा छलफल
National Life

काठमाडौं ।  भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

Shikhar
NIMB

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया