NIMB Header 2
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन उद्धार अभ्यास गरिँदै, आधा घण्टा बन्द रहने

National Life
  • BFIS News
  • 2024 Jun 10 09:20
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन उद्धार अभ्यास गरिँदै, आधा घण्टा बन्द रहने
Sanima Reliance

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संकटकालीन उद्धार अभ्यास गरिने भएको छ। यसका लागि विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १ बजेदेखि आधा घण्टाका लागि विमानस्थल बन्द रहने जनाएको छ।

Shikhar
NIMB

'हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालिन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धी पूर्णकालिन अभ्यास हुनेछ', प्राधिकरणले भनेको छ।

अभ्यासको मूख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरु बीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको पनि प्राधिकरणले जनाएको छ।

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिने पनि प्राधिकरणले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया