Nepal Life

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठजना प्रहरी नियन्त्रणमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 15:38
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठजना प्रहरी नियन्त्रणमा
United Ajod

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई  नियन्त्रणमा लिएको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो।

यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० कर्मचारी पक्राउ परेका थिए। उनीहरू केही समयपछि हाजिर जमानीमा छुटेका थिए।

सिआइबीका अनुसार धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ थियो। तर कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ प्रवाह भएको थियो। यसरी धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ ऋण प्रवाह गरेको भन्दै सिआइबीले १० जनालाई पक्राउ गरेको थियो।

सोही प्रकरणमा संलग्नता देखिएपछि सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुलाई पक्राउ गरिएको हो।  

देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप उनीहरुमाथि लागेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया