Nepal Life

एक करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ जना व्यक्ति पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 06:01
एक करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ जना व्यक्ति पक्राउ
United Ajod

काठमाडौं । नेपाल प्रहरीले एक करोड भन्दा बढी मूल्यका सामानहरु चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । गत जेठ ११ गते रातको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको फोडी चोरी भएको थियो । 

Shikhar
Nepal Life
NIMB

कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद रु.३,८०,०००।– समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी भएको प्रहरीले जनाएको छ । यसरी चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा CCTV फुटेजका आधारमा अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा चोरीमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल ऐ. ऐ. वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ को नविन नेपालीलाई र जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने वर्ष अं. २९ का सुवास थापा मगरलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको नेपाल प्रहरीले जनाएको छ ।

निजहरुको घरकोठाबाट बरामद भएका सामानहरुको विवरणहरु :-

१) सुनका विभिन्न गरगहना (सुन र लाहा सहितको तौल जम्मा २४ तोला ८४ लाल)
२) विभिन्न कम्पनीका मोबाईल- २२ थान
३) विभिन्न कम्पनीका क्यामरा - ९ थान
४) विभिन्न कम्पनीका ल्यापटप- १५ थान
५) टि.भी.- २ थान
६) विभिन्न किसिमका (चरेश, तामा तथा चाँदीका) भाँडा वर्तन- ४६ थान
७) कफी मेसिन- २ थान
८) नगद रकम रु.११,५६८।– (एघार हजार पाँच सय अठ्सटी)
९) विभिन्न कम्पनीका घडी - ११ थान
१०) सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान ११) ड्रोन क्यामरा - २ थान
१२) रेडियो सेट वाकीटकी- थान र ऐ. को चार्जर २ थान ।
१३) चोरीमा प्रयोग हुने बरामद भएका औजारहरु - फलामको रड ३ थान, पेन्चिस २ थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान, फलामको कुटो १ थान,

अपराधिक कार्यविधिः-

निजहरू साँझको समयमा करिब २ देखि ३ घण्टा त्यस्ता घरहरू निरन्तर अवलोकन गरी निग्रानी गर्ने त्यसपछि कुनै पनि बत्ती नबलेपछि उक्त घरमाहरूमा चोरी गर्ने ।

प्रायजसो त्यस्ता घरहरूको व्यक्ति जो विभिन्न कार्यालयमा काम गरी फर्की सकेपछि केही समय बाहिर मनोरञ्जन गर्न निस्किने बितिकै त्यस्ता घरहरूमा चोरी गर्ने ।

दुई जना मध्ये एक जना पहिला चोरी गर्ने स्थानको घर आसपासको एरियामा गई निग्रानी गरी सूचना संकलन गर्ने र घरमा मानिस भए/नभएको एकिन गरी अर्को साथीलाई खबर गरी चोरी गर्ने गरेको व्यहोरा प्रारम्भिक सोधपुछको क्रममा खुलाएको ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया