NIMB Header 2
Nepal Life

शुक्रबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला, १६ देशका १५० बढी स्टल रहने

National Life
  • BFIS News
  • 2024 Jun 12 10:26
शुक्रबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला, १६ देशका १५० बढी स्टल रहने
Sanima Reliance

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न शुक्रबारदेखि काठमाडौंमा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ।

Shikhar
NIMB

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको मेलामा १६ देशका १५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले जानकारी दिए। “मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं”, उनले भने।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन्।

यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ।

भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया