बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
- BFIS News
- 2024 Jun 12 12:10
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)








प्रतिक्रिया