NIMB Header 2
Nepal Life

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 12 15:31
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि, चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो
Everest Bank

काठमाडौं । आज नेप्से परिसूचक ६.३७ अंकले बढेको छ। यसदिन नेप्से १.३० प्रतिशतले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

Shikhar
NIMB

मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१२ वटा धितोपत्रको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन चार कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने समृद्धि फाइनान्स र ग्रिन लाइफ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सयपत्री हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ५३३ रूपैयाँ कायम भएको छ। यस्तै, इस्टर्न हाइड्रोपावरको मूल्य ४.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५७९ रूपैयाँमा झरेको छ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँमा २७ करोड ६३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४८ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक एक प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया