NIMB Header 2
Nepal Life

प्रभु बैंकको नयाँ शाखा बैतडीको देहीमाण्डौंमा

National Life
  • BFIS News
  • 2024 Jun 12 16:00
प्रभु बैंकको नयाँ शाखा बैतडीको देहीमाण्डौंमा
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले सुदूरपश्चिमको बैतडीमा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३० गतेदेखि दशरथचन्द नगरपालिका–२ स्थित देहीमाण्डौंमा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो।

Shikhar
NIMB

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ । प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको दाबी छ।

बैंकको देहीमाण्डौं शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया