Nepal Life

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Jun 14 12:10
घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । आज अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। बिहीबार प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया