घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
- BFIS News
- 2024 Jun 14 12:10
काठमाडौं । आज अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। बिहीबार प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)







प्रतिक्रिया