Nepal Life

विश्व बैंकको देशीय निर्देशकमा सिस्लेन

NMB Bank
  • BFIS News
  • 2024 Jun 17 15:56
विश्व बैंकको देशीय निर्देशकमा सिस्लेन
United Ajod

काठमाडौं। विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन्।

Shikhar
Nepal Life
NIMB

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो। अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाइ गरे। देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ। लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्किएका छन् भने उनको ठाउँमा प्रिति अरोरा आएकी छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया