NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा

National Life
  • BFIS News
  • 2024 Jun 19 22:03
सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।

Shikhar
NIMB

बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद (POS तथा E-commerce) र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने छ । 

साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको जानकारी समेत गराए ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा ग्राहकमैत्री सेवाहरु ल्याउँदै आएको छ भने आगामी दिनहरुमा पनि विभिन्न प्रविधि मैत्री सेवा तथा सुविधा सञ्चालनमा ल्याउने योजना बैंकको रहेको छ । ‘सम्बन्ध सधै भरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकलेआफ्नो ग्राहक सेवा केन्द्र विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया