NIMB Header 2
Nepal Life

अधिक तरलता भएपछि आज पनि ५० अर्ब तान्दै राष्ट्र बैंक

National Life
  • BFIS News
  • 2024 Jun 20 12:32
अधिक तरलता भएपछि आज पनि ५० अर्ब तान्दै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बिहीबार बैंकिंग प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।

Shikhar
NIMB

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। बैंकहरुबाट डेढ खर्ब बढीको तरलता खिचेर राखेको छ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असार ६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया