NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सद्वारा धनगढीका विपन्न छोरीहरुलाई विद्यालय पोशाक खरिद गर्न १३ लाख आर्थिक सहयोग प्रदान

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 20 17:23
शिखर इन्स्योरेन्सद्वारा धनगढीका विपन्न छोरीहरुलाई विद्यालय पोशाक खरिद गर्न १३ लाख आर्थिक सहयोग प्रदान
National Life

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले धनगढी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शुरु गरेको नगर प्रमुख शैक्षिक गुणस्तर कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गरेको छ । 

NIMB

बिहीबार एक विशेष समारोहका विचमा कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगर प्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले प्रदान गरेको उक्त रकमबाट नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाले छात्रवृत्ती तथा आर्थिक सहयोग पाउने छन् ।

नगरपालिकाले सुरु गरेको शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई साथ दिदै कम्पनीले सिएसआर अन्तर्गत रहेर उक्त सहयोग गरेको हो । आर्थिक हिसावले कमजोर छोरीहरुलाई पढाउने अभियानमा साथ दिएकोमा नगर प्रमुख हमालले कम्पनीलाई धन्यवाद दिएका छन् । उनले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन शिखर इन्स्योरेन्स कम्पनीलाई आग्रह गरेका छन् ।

कम्पनीका प्रदेश प्रमुख डिल्लिराज शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव, न्यून आय भएका तथा जेहेनदार विद्यार्थीहरुको सहायताको लागि उक्त रकम धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए । 

विशेष समारोहलाई संबोधन गर्दै हमालले भने 'धनगढीको शिक्षामा शिखर इन्स्योरेन्स कम्पनीको लगानीले धेरै बालवालिकाहरु जो पढाइबाट बञ्चित भइरहेका छन् साथै स्कुलको ड्रेस लगाउन पाइरहेका छैनन् उनिहरुलाई ठुलो सहयोग मिलेको छ ।' यस्तो कार्यक्रमले सामान्य ड्रेस पनि खरिद गर्न नसक्ने बालबालिकालाई अपहेलित हुन नपर्ने उनको भनाइ छ । 

उनले थपे 'जो सँग ड्रेस किन्ने पैसा छैन र स्कुल जान पनि आवश्यक छ । त्यस्ता बालबालिकाहरुलाई हामीले यो स्किम राखेका हौ ।' यस्तो स्किमले ति बालबालिकालाई अरु बालबालिका सरह ड्रेस लगाएर जान पाउने अवसर मिलेको भन्दै हमालले ति बालबालिकाको शैक्षिक गुणस्तरमा पनि बृद्धि हुने अपेक्षा गरेका छन् ।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया