NIMB Header 2
Nepal Life

श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान

National Life
  • BFIS News
  • 2024 Jun 22 12:43
श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान
Sanima Reliance

काठमाडौं । श्री एयरलाइन्सले नयाँ विमान थपेको छ। एयरलाइन्सले ८० सिटे विमान थपेको हो। क्यानडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडामा निर्मित विमानको कल साइन 'नाइनएन एओएम' थपिएको हो।

Shikhar
NIMB

क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक (कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए। शुक्रबार राति १ बजे विमान काठमाडौं अवतरण गरेको हो।

उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सिआरजे २००/७०० तथा क्यु ४०० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया