रिलायन्स फाइनान्सले बनायो सेयरधनीको हात रित्तो, लाभांश वितरण नगर्ने निर्णय
- BFIS News
- 2024 Jun 23 10:57
काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
फाइनान्सको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/०८० का लागि सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया