Nepal Life

ग्लोबल मनी वीक २०२६: सिद्धार्थ क्यापिटलद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 23 17:18
ग्लोबल मनी वीक २०२६: सिद्धार्थ क्यापिटलद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
National Life

काठमाडौं, चैत १० — “स्मार्ट मनि टक्स” भन्ने मूल नारासहित मनाइएको ग्लोबल मनी वीक २०२६ (मार्च १६–२२) को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले देशका विभिन्न शहरहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरेको छ।

Shikhar
NIMB

कम्पनीले काठमाडौं, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरा लगायतका शहरहरूमा स्नातक तहका विद्यार्थी तथा युवालाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको जनाएको छ। यस क्रममा मृगसिरा वर्ल्ड स्कुल (काठमाडौं), विराटनगर इन्टरनेशनल कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस (नारायणगढ), नेपालगञ्ज बहुमुखी क्याम्पस, मणिमुकुन्द कलेज (बुटवल) र प्रतिभा माध्यमिक विद्यालय (पोखरा) मा विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई वित्तीय ज्ञान अभिवृद्धि, जिम्मेवार आर्थिक निर्णय गर्ने क्षमता विकास तथा पूँजी बजारसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै, दीर्घकालीन लगानी, बचतको महत्त्व र आर्थिक अनुशासनका विषयमा समेत जानकारी दिइएको थियो।

सिद्धार्थ क्यापिटलका अनुसार, यस्तो पहलले युवामा वित्तीय सचेतना विस्तार गर्नुका साथै दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममार्फत युवालाई सूचित र जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया