NIMB Header 2
Prabhu Mahalaxmi

अफ सिजनले व्यवसाय नै प्रभावित भएपछि फुड डेलिभरी सुरु गर्दै क्राउन हिमालयज, फुडमाण्डू र फुडमुडसँग सहकार्य गर्ने

United Ajod
  • BFIS News
  • 2024 Jul 08 21:10
अफ सिजनले व्यवसाय नै प्रभावित भएपछि फुड डेलिभरी सुरु गर्दै क्राउन हिमालयज, फुडमाण्डू र फुडमुडसँग सहकार्य गर्ने
IME LIFE

काठमाडौं। अफ सिजनले व्यवसाय नै प्रभावित भएपछि पोखरास्थित तीन तारे होटल क्राउन हिमालयजले फुड डेलिभरी सुरु गर्ने भएको छ।

Nepal Life
NIMB

होटलले यो समयमा पर्यटकको चहलपहल नै कम भएपछि १२ थरी मःमः सँगै होटलमा तयार हुँदै आएको परिकार फुडमाण्डू र फुडमुडमार्फत डेलिभरी दिने तयारी गरेको संचालक आग्रह अर्यालले बताए।

'पोहोर सालको तुलनामा यो वर्ष यो सिजनमा पर्यटकको माग निकै कम रहेको छ। अकुपेन्सी न्यूनतम १० देखि अधिकतम २० प्रतिशत रहेको छ,'संचालक अर्यालले भने,'यहि कुरालाई मध्यनजर गर्दै हामीले व्यावसायिक योजना अनुसार केहि महिना फुड डेलिभरी गर्ने योजना बनाएका हौँ।'

उनले बुधबारबाटै यो सेवा सुरु गर्ने तयारी गरेको जानकारी दिए। यो अवधिमा होटलले आफूसँग सम्वद्ध कर्मचारीलाई आलोपालो गरेर १०-१० दिनको तलबी विदामा पठाउने तयारी पनि गरेको उनले बताए।

'कर्मचारीहरु पनि त्यति व्यस्त भइराख्ने अवस्था नभएका कारण हामीले यो समय उहाँहरुलाई आलोपाललो गरेर तलबी विदामा पठाएका छौँ,'उनले भने,'सात-सात जना गरी विदामा यसरि पठाउँदा उहाँहरुपनि रिफ्रेस हुनुहुन्छ।' उनका अनुसार हाल होटलमा ३० जना कर्मचारी कार्यरत छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया