NIMB Header 2
Prabhu Mahalaxmi

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिज बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न

United Ajod
  • BFIS News
  • 2024 Jul 10 10:54
नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिज बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न
IME LIFE

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. र आर्कबो टेक्नोलोजिज प्रा.लि. (आइटी कम्पनी) बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ।

Nepal Life
NIMB

नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा  यहि असार २४ गते सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक/सञ्चालक भुषण गिरिले हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको ब्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले काम गर्नेछ। यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ।    

आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएको ब्यक्तिहरूद्वारा प्रबर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो। जसले बजारको बर्तमान तथा भविष्यको आवश्यकता पुरा गर्न योग्य, स्केलेबल र स्वचालित प्रणाली विकास, सञ्चालन तथा प्रबर्द्धन गर्दछ। हाल कम्पनीले Strategic People Management System, Office Automation System, Learning and Management System, People Development, Online Examination System जस्ता चर्चित कम्प्युटर सिष्टम विकास, प्रबर्द्धन र सञ्चालन गरिरहेको छ।

संसार नै डिजिटलमय भइरहेको छ। आर्टिफिसियल इन्टलिजेन्स भविष्यको लागि चुनौतीको रूपमा आउँदैछ। यस्तोमा नेपाली संघ संस्था र कम्पनीलार्इ नविनतम् प्रविधि सँग जोड्न जरूरी भैसकेको छ। आर्कबो टेक्नोलोजिजले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरि दुबै कम्पनी बिच साझेदारी भएको आर्कबो टेक्नोलोजिजका सञ्चालक भुषण गिरीले बताउनुभयो। सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर ARKBO Technologies को सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई ब्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ।

पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले संचालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ। नेपालभित्र पनि बिभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, संचालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया