NIMB Header 2
Nepal Life

माइक्रोसफ्टमा आएको समस्याका कारण विश्वका ८५ लाख कम्प्युटर भएका थिए प्रभावित

IME LIFE
  • BFIS News
  • 2024 Jul 21 09:13
माइक्रोसफ्टमा आएको समस्याका कारण विश्वका ८५ लाख कम्प्युटर भएका थिए प्रभावित
United Ajod

काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्टमा शुक्रबार आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम गर्न छाडेका थिए।

Nepal Life
NIMB

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन।

यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ ।

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ।

कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, 'हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं।'

कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन् कि यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम हो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया