Nepal Life

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jul 26 05:02
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त
United Ajod

काठमाडौं । सरकारले  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

Shikhar
Nepal Life
NIMB

त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका सदस्यमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक अधिकारीले थाइल्याण्डको चुलालोंगकोर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। उनी त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख पनि हुन्।

उनी अन्तर्राष्ट्रिय स्वास्थ्य अर्थशास्त्र संघ लगायत थुप्रै व्यावसायिक संस्थाहरूको सदस्य छन्। साथै नेपाल वातावरण तथा स्वास्थ्य प्रणाली विकास संस्थाका अध्यक्ष पनि छन्। 

उनी स्वास्थ्य नीति र स्वास्थ्य सेवा वित्तीयकरणसँग सम्बन्धित विभिन्न मुद्दाहरूको अध्ययन गर्ने उच्च-प्रोफाइल अनुसन्धान परियोजनाहरूमा संलग्न छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया