Nepal Life

मरासिनीलाई हटाएर अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 08:22
मरासिनीलाई हटाएर अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई
United Ajod

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हालका राजस्व सचिव घिमिरेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बुझिएको छ। घिमेर राजस्व सचिव हुन्। यस्तै, दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन्। उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिव भएका छन्। उनी जल तथा ऊर्जा आयोगमा थिए। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन्।

डिल्लीराम शर्मा राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएका छन्। लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन्।

सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाएकी छन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनपछि नै २१ सचिवको सरुवा गरेका हुन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया