NIMB Header 2
Prabhu Mahalaxmi

सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढ्यो, जुलाईमा झण्डै १२ प्रतिशतले बढे

United Ajod
  • BFIS News
  • 2024 Aug 01 18:27
सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढ्यो, जुलाईमा झण्डै १२ प्रतिशतले बढे
IME LIFE

काठमाडौं। सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्। जबकि गत वर्षको सोही अवधिमा ५ लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए।

Nepal Life
NIMB


यस वर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए। साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन्।

जुलाईमा झण्डै १२ प्रतिशतले बढे पर्यटक

सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको जुलाईको तुलनामा यस वर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका हुन्।

यस वर्षको जुलाईमा ६४ हजार पाँच सय ९९ विदेशी पर्यटक आगमन भएकामा गत वर्षको सोही अवधिमा यो सङ्ख्या ७५ हजार सात सय २६ थियो। बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार चार सय ६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा एक सय ९६ पर्यटक नेपाल आएका थिए। कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार नौ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो।

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार चार सय ९१, अमेरिकाबाट सात हजार आठ सय ६४, चीनबाट ६ हजार आठ सय १९, बेलायतबाट तीन हजार आठ सय छ र बङ्गलादेशबाट तीन हजार चार सय ७० विदेशी पर्यटक नेपाल आएका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया