NIMB Header 2
Nepal Life

१० बाणिज्य बैंक मात्रै लाभांश वितरण गर्न सक्ने अवस्थामा, हेर्नुहोस् कुन बैंकको लाभांश दिन सक्ने क्षमता कति ?

Muktinath Bank
  • BFIS News
  • 2024 Aug 05 12:25
१० बाणिज्य बैंक मात्रै लाभांश वितरण गर्न सक्ने अवस्थामा, हेर्नुहोस् कुन बैंकको लाभांश दिन सक्ने क्षमता कति ?
National Life

काठमाडौं । यस वर्ष १० वटा बाणिज्य बैंकहरुले मात्रै लाभांश दिन सक्ने देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिकृत वित्तीय विवरण अनुसार ४ वटा बाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य मुनाफा ऋणात्मक देखिएका बैंकहरुले लाभांश वितरण गर्न पाउदैनन् । राष्ट्र बैंकले गत वर्ष पनि वितरणयोग्य मूनाफा ऋणात्मक देखिएका प्राइम कमर्सियल बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो ।

NIMB

बैंकहरुले गत असार महिनामा पाकेको व्याज यहि साउन भित्र असुल उपर गरे पनि असार भित्रको आम्दानीमा बाध्न पाउने व्यवस्था गरिदिएको हुँदा कतिपय बैंकको वितरण योग्य मुनाफा भने बढ्न सक्छ । सरकारले निर्माण व्यवसायी तथा ठेकेदारको पैसा फरफार नगर्न नसक्दा यस समुह अन्तर्गतका ऋणीहरुले सावा र व्याज भुक्तानी गर्न पाएका छैनन् ।

एउटा ठेकेदारले पैसा नपाउदा रड, सिमेन्ट, ढुवानी सेवा, डिपो, कर्मचारी लगायतले पैसा पाउन सक्दैनन् । उनिहरुले पैसा नपाउने वित्तीकै यस समुहका सबैले समयमा कर्जा भुक्तानी गर्न सकेका छैनन् । यहि कारणले गर्दा पनि सरकारले सावा व्याज असुलीको लागि एक महिनाको म्याद दिएको हो । यदि सरकारले साउन महिनाभरिमा पैसा फरफार गर्यो भने बजारमा ठुलो पैसा आउछ र बैंकहरुले पैसा पाउन सक्छन् ।

यस वर्ष पनि बैंकहरुको धेरै वटा कर्जा विग्रिएको अवस्था छ । कर्जा विग्रिने वित्तीकै बैंकहरुले प्रोभिजनिङ गर्नु पर्छ र मुनाफा स्वत घट्न पुग्छ । यस वर्ष सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमता एभरेष्ट बैंकले बनाएको छ । बैंकले गत वर्ष तीन अर्ब ७० करोड मुनाफा आर्जन गर्दा वितरण योग्य मुनाफा २९.८९ प्रतिशत कायम राख्न सफल भएको छ । बैंकले चाह्यो भने यस वर्ष २५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्न सक्छ ।

त्यस्तै यस वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० रुपैयाँ, कृषि विकास बैंक १७.३७ रुपैयाँ, नविल बैंक १४.२६ रुपैयाँ, नेपाल एसबिआइ १०.७६ रुपैयाँ, सानिमा बैंक १०.४० रुपैयाँ, प्राइम बैंक ६.१६ रुपैयाँ, लक्ष्मी सनराइज ५.५५ रुपैयाँ, नेपाल बैंक ५.२४ रुपैयाँ र प्रभु बैंक ५.२० रुपैयाँ लाभांश दिन सक्ने क्षमता राख्छ ।

राष्ट्र बैंकले नगद लाभांश वितरणमा वितरणयोग्य मुनाफा भन्दा धेरै पुरै रोक लगाउने भएकाले यस वर्ष लाभांश पाउनेको संख्यामा निकै कमि आउछ । गएको वर्ष एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा ३० प्रतिशत थियो । बैंकहरुले परिपक्व भएको ऋणपत्रबाट पनि बोनस शेयर जारी गर्न सक्ने भएकाले यस वर्ष ग्लोबल आइएमई बैंकले थोरै नगद र केहि बोनस शेयर दिन सक्नेछ ।  

यस वर्ष बाणिज्य बैंकहरुले १३ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । बैंकहरुले ६४ अर्ब १५ करोड मुनाफा आर्जन गरे पनि वितरण योग्य मुनाफा निकै कम छ । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना र मर्जरको नीतिले गर्दा अहिले धेरै वटा बैंकको चुक्ता पूँजि अधिक छ । पूँजी बढ्ने वित्तीकै बैंकहरुले पूँजी बढे अनुसार मुनाफा बढाउन सक्दैनन् । 

व्यवसाय बढे अनुसार पूँजी बढेको भए बैंकहरुले अहिले पनि हिजैको दरमा लाभांश वितरण गर्न सक्थे । तर बैंकहरुको पूँजी यति धेरै माथि पुगिसक्यो कि जति नाफा बढाउदा पनि लाभांश दर बढाउन सक्ने अवस्था छैन । यसले गर्दा बैंकहरुको शेयरमा लगानीकर्ताको एकदमै कम आकर्षणदेखिएको हो । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया