Nepal Life

आजबाट सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 16:35
आजबाट सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम
United Ajod

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आजदेखि लागु हुने गरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु हुने व्यवस्था मिलाएको बताएको छ ।

Shikhar
Nepal Life
NIMB

यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (एक्टिभ) गराउनुपर्ने अवस्था रहेकामा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ ।

सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि*1415*7# डायल गर्न या  NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिनेछ ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया