Nepal Life

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढ्यो, कर्जा प्रवाहमा पनि वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 Aug 18 16:07
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढ्यो, कर्जा प्रवाहमा पनि वृद्धि
United Ajod

काठमाडौं । गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रु. ७ खर्ब ४२ अर्ब ३७ करोड (१३.० प्रतिशत) ले बढेको हो।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्ष यस्तो निक्षेप रु. ६२७ अर्ब २५ करोड (१२.३ प्रतिशत) प्रतिशतले बढेको थियो। २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । कर्जा रु.२७६ अर्ब ९४ करोड (५.८ प्रतिशत) ले प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यस्तो कर्जा रु.१७५ अर्ब ९४ करोड (३.८ प्रतिशत) ले प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया