Nepal Life

सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Aug 21 11:52
सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनले फेरि उच्च मूल्यको रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत भदौ २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

आज सुन प्रतितोला १ लाख ५३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया