NIMB Header 2
Nepal Life

एचआइडिसिएलको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Aug 22 08:17
एचआइडिसिएलको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को संस्थापक सेयर खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीमा राखेको थियो।

Shikhar
NIMB

 
कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो।
 
सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।  

आवेदन ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया