NIMB Header 2
Nepal Life

साताको अन्तिम कारोबारका दिन नेप्सेमा सामान्य अंकको वृद्धि

National Life
  • BFIS News
  • 2024 Aug 22 15:39
साताको अन्तिम कारोबारका दिन नेप्सेमा सामान्य अंकको वृद्धि
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ। आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ ।

Shikhar
NIMB

कारोबार रकममा भने सुधार देखिएको छ। आज १९ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएको छ।

आज ३३३ वटा धितोपत्रको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच भएको हो। १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ वटाको घटेको छ। यस्तै तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, १०.२५% एसबिएल डिबेन्चर २०८३ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ११८ रूपैयाँ ७० पैसामा झरेको छ।

आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५९० रूपैयाँमा एक अर्ब तीन करोड ९३ लाखको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया