NIMB Header 2
Nepal Life

मानुषी लघुवित्तको 'लक–इन' अवधि आजदेखि समाप्त

National Life
  • BFIS News
  • 2024 Aug 23 08:03
मानुषी लघुवित्तको 'लक–इन' अवधि आजदेखि समाप्त
Sanima Reliance

काठमाडौं। मानुषी लघुवित्तको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त भएको हो।  

Shikhar
NIMB

संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आइपिआो निष्कासन गरेको थियो। उक्त आइपिओ २०७८ भदौ ७ गते बाँडफाँट गरिएको थियो।  

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँट गरिएको सेयर लक-इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक-इनमा राखिएको हो।  

लक–इन समाप्त भएसँगै यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्। तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिद-बिक्री गर्न नपाउने संस्थाले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया