NIMB Header 2
Nepal Life

शेयर बजारलाई आफ्नै लयमा चल्न नदिने खेल भइरहेको लगानीकर्ताको आरोप, ‘विना प्रमाण बोल्नेलाई ठेगान लगाउ’

Muktinath Bank
  • BFIS News
  • 2024 Aug 24 08:33
शेयर बजारलाई आफ्नै लयमा चल्न नदिने खेल भइरहेको लगानीकर्ताको आरोप, ‘विना प्रमाण बोल्नेलाई ठेगान लगाउ’
National Life

काठमाडौं । शेयर बजारलाई स्वभाविक लयमा चल्न नदिएको भन्दै लगानीकर्ताले आरोप लगाएका छन् । सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत शेयर बजार विरोधी अभिव्यक्ति आउन थाले पछि लगानीकर्ताहरु रुष्ट भएका हुन् ।

NIMB

सेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष ताराफुलेलले ‘शेयर बजारलाई स्वभाविक लयमा चल्न नदिने खलपात्रहरु हाबी भएको’ बताएका छन् । अर्का लगानीकर्ता केशव कोइरालाले राज्य संयन्त्रमा बसेर बजार सँग असम्बन्धित व्यक्तिहरुले बजारको विरुद्ध र समर्थनको बोल्न नहुने बताएका छन् ।

नेकपा माओवादी सांसद नारायणी  शर्माले  शेयर बजार बढेको देखेर सरकार ढुक्क हुने अबस्था नभएको बताए पछि लगानीकर्ता झन् रुष्ट भएका हुन् । प्रतिनिधि सभा बैंठकको शून्य समयमा बोल्दै शर्माले शेयर बजारमा आम लगानीकर्ताको पहुँचभन्दा पनि विचौलियाको हातमा गएको  भन्दै सरकारको ध्यानाकर्षण गराएकि छिन् । उनले शेयर बजारले सर्वसाधारणको जीवनमा खास प्रभाव नपारेको बताएकी थिइन् । उनले ‘सरकारले सिमित विचौलालाई खुशि बनाउन आफ्नौ आयु बढाउनेतिर गएको जनगुनासो आएको छ ? यसको जवाफ सरकारले दिनुपर्छ ।’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर लगानीकर्ताहरुले सामाजिक सञ्जाल तथा फोन मार्फत आक्रोस पोखेका छन् ।

शेयर बजारका सक्रिय लगानीकर्ता तथा विश्लेषक नवराज दाहालले पनि सामाजिक सञ्जाल मार्फत ‘जस्ले विना कारण प्रमाण शेयर बजारको विरोध गर्छन त्यसलाई सामाजिक सञ्जाल मार्फत ठेगान लगाउ है’ भन्दै आह्वान गरेका छन् । पछिल्ला दिनमा बजारको सुधारलाई लिएर सडकदेखि सदनसम्म चर्चा हुने गरेको छ ।

कतिपयलाई अरुले दोस्रो बजारबाट पैसा कमाएको विषयले इर्स्या लागेको छ भने कतिपयले नबुझीकन आफ्नो अभिव्यक्ति दिइरहेका छन् । संसदमै शेयर बजार विरोधी एक पछि अर्को अर्को अभिव्यक्ति आए पछि बजारबाटै चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बजारको विरोध गर्नेलाई लक्षित गर्दै नबुझीकन अभिव्यक्ति नदिन अपिल गरेका छन् ।

उसले सामाजिक सञ्जाल मार्पत ‘हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य  तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिब्यक्ति दिने काम गर्नु विल्कुलै उचित हैन । हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो । केही सांसदबाट भएको अनुपयुक्त वक्तब्यबाजीप्रति खेद ब्यक्त गर्दछु । तर बजारमा भईरहेको सर्बसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरु नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।’

ढकालले बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भईरहेको टीकाटिप्पणी पनि पुरै अप्रासांगिक भएक बताएका छन् । उनि भन्छन् ‘हाम्रो बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको देखिन्छ । बजारका राम्रा कम्पनीहरुको सेयरको मूल्य अझै धेरै सस्तो र आम सर्बसाधारण लगानीकर्ताले पाँच बर्ष अगाडि किनेको मूल्य भन्दा धेरै कम्पनीको सेयर मूल्य तल रहेकोले अहिले आँत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।’

सरकारले पूँजी बजारको सुधार र बिस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रुपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन पनि उनले आग्रह गरेका छन् । उनले भने ‘खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौं कामहरु अबरुद्ध रहि बजारको नियमनमै बाधा परेकाले तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ ब्यक्ति नियुक्त गर्न माग गर्दछु ।’

उनले थपे, नेपालको पूँजी बजारमा ६३ लाख भन्दा बढी सर्बसाधारणको प्रत्यक्ष संलग्नता रहेको अबस्थामा म तिनै आम सर्बसाधारण लगानीकर्ताको सदिच्छाले साँसद भएको समेत पृष्ठभुमिमा उभिएर सधैं आम सर्बसाधारण लगानीकर्ताको हित र पूँजी बजारको बिकास र  बिस्तारका लागि लडिरहने पुनः प्रण गर्दछु । साथै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरुमा सुझबुझपूर्ण र आफ्नो  स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरुमा अपील गर्दछु ।

विगत ५ महिनाको अवधिमा शेयर बजार १८२६ अंकबाट ३ हजारसम्म बढ्यो । यस अवधिमा तीन वर्षभन्दा लामो समयदेखि निरास लगानीकर्तालाई खुसी थप्ने काम भएको छ । यति हुँदा पनि यस अगाडीको बुलमा शेयर किन्नेहरुको पोर्टफेलियो पोसाउन सकेको छैन । तर जसले अल्पकालिन लगानी गरेका थिए उनिहरुले भने यस अवधिमा राम्रो पैसा कमाएका छन् ।

यसरी बजारका विषयमा समर्थन तथा विरोधका आवाज बढ्न थाले सँगै लगानीकर्ताको मानसिकता कमजोर बनेको छ । बजारमा अनावश्यक हौवा फैलाउदा जसले बजारमा असर देखेर लगानी गरिरहेका छन् उनिहरुको मनोबल कमजोर हुनु स्वभाविक हो ।

अहिले अधिकाम्स लगानीकर्ताको मनमा दुई वटा कुराले सबैभन्दा धेरै डेरा जमाएको छ । पहिलो कुरा बुलिस ट्रेण्ड हो भने बजार ५ हजार हाराहारी पुग्न सक्छ कि सक्दैन र अर्को कुरा कुल ग्रर्ह्यथ्य उत्पादन ‘जिडिपी’ र कुल बजार पूँजीकरणको अनुपात कत्तीकी सान्दर्भिक छ ।

यदि बजार पूँजीकरण र जिडिपीको अनुपार बराबर हुनु पर्छ अथाव विश्व बजारमा पनि यहि हुन्छ भन्ने मान्ने हो भने अहिलेको अवस्थामा नेपालको जिडिपी र बजार पूँजीकरण बराबर जस्तै भइकसक्यो । तर बजारको जुनकिसिमको मुभमेन्ट र लगानीकर्ताको कन्फिडेन्स छ त्यसले यो अनुपातलाई तोर्ने निश्चित छ । अझै केहि समय शेयर बजार मैत्री वातावरण बनिरहने सन्दर्भले यस्ता विषयमा बहस गर्दा खासै उपयुक्त नहुने बजार विश्लेषकहरु बताउछन् ।

शेयर बजार वास्तवममा अर्थतन्त्रको ऐनाका रुपमा लिइन्छ तर नेपालको शेयर बजारले अर्थतन्त्रका सबै आयामहरुलाई नसमेटेका कारण ठ्याक्कै ऐना भन्न नलिले पनि सान्दर्भिक भने पक्कै छ । अर्थतन्त्रका ठुला क्षेत्रहरु शेयर बजार भित्रै छन् । जसले आफ्नो भ्यालु खोजिरहेका छन् । जसले भोलिको भविष्य निर्माण गरिरहेका छन् । यो भन्नुको मतलब बजारले कति भोलिको आर्थिक बृद्धिको अवस्थालाई अहिले नै रिलेट गर्न खोजिरहेको त छैन । शेयर बजारले जहिले भोलि हुने कुरालाई पहिला नै प्रतिक्रिया जनाउछ ।  

शेयर बजारका चर्चित व्यक्तित्व शिव चन्द्रले अहिलेको बजारलाई यसरी चित्रण गरेका छन् :-

• पुँजीबजार मैत्री सरकार र अर्थ मन्त्रीको आगमन ।

• मौद्रिक नीतिमा आएको लचकता ।

• ३ वर्ष देखि छाएको सुन्यता पश्चात भर्खर बजारले सकारात्मक लय समात्न सुरु गरेको अवस्था ।

• घट्दो बैंक ब्याजदर ।

• बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जालाई दिएको प्राथमिकता।

• प्रधानमन्त्री तथा अर्थमन्त्री द्वारा प्राथमिकतामा सेयर बजार ।

अब आफै अनुमान गरौं बजारले आगामी दिन कस्तो लय समात्नेछ भनेर । नकारात्मक शून्य अनि यति धेरै  सकारात्मक पक्ष हुँदा हुँदै पनि कसैले सामाजिक सञ्जालमा लेखेको सामान्य विषयलाई लिएर त्यसलाई तोडमोड गर्दै कान नै नछामी दौडनु कत्तिको सान्दर्भिक हुन्छ ?

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया