NIMB Header 2
Nepal Life

नाडा अटो सोमा बैंकहरुको आकर्षक अफर, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ

National Life
  • BFIS News
  • 2024 Aug 28 13:17
नाडा अटो सोमा बैंकहरुको आकर्षक अफर, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ
Sanima Reliance

काठमाडौं । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा गाडी किन्दा बैंकहरुले आकर्षक सुविधा दिने भएका छन्। बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिनुका साथै ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिने भएका छन्।

Shikhar
NIMB

नाडा अटो शाेमा विद्युतिय गाडीको बर्चस्व धेरै छ। यसले गर्दा बैंकहरुले पनि विद्युतिय गाडीलाई विशेष प्राथमिकतामा राखेर कर्जा योजना ल्याएका छन्। बैंकहरुले इन्धन गाडीमा भन्दा विद्युतिय गाडीमा बढी सुविधा दिने छन्। बैंकहरुले स्थिर र परिवर्तनीय दुबै ब्याजदमा कर्जा दिने छन्।

बैंकहरुले ८ प्रतिशतदेखि करिब १० प्रतिशतसम्म स्थिर ब्याजदर कायम गरेका छन् भने परिवर्तनीय ब्याजदरमा पनि आधार दरमा १ देखि २ प्रतिशत मात्रै प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएका छन्।

कुन बैंकको कस्तो छ योजना हेरौं

नबिल बैंक

नबिल बैंकले विद्युतिय गाडीमा न्युन ब्याजदरमा नै कर्जा दिने गरी योजना ल्याएको छ। अहिले बैंकले स्थिर ब्याजदरमा ५ वर्षको लागि ८.२५ प्रतिशत र ७ वर्षको लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। यो अवधिभर कर्जाको ब्याजदर परिवर्तन हुने छैन्।

यस्तै विद्युतिय गाडी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने बैंकले जनाएको छ। ग्राहकले २० प्रतिशत मात्रै पैसा हालेर बैंकको कर्जामार्फत गाडी खरिद गर्न सक्नेछन्। यस्तै क्रेडिट कार्ड २ लाख रुपैयाँसम्मको सुविधा दिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले विद्युतिय सवारीसाधान खरिदमा ७.९९ प्रतिशत ब्याजदरमा ५ वर्षको लागि कर्जा दिने योजना ल्याएको छ। यसैगरी इन्धन गाडीमा पनि बैंकले ८.४९ प्रतिशतमा ५ वर्षको लागि कर्जा दिने जनाएको छ।

यो ब्याजदर नडा अटो सोमा बुक गर्दा मात्र लागु हुने बैंकले जनाएको छ। आवश्यक कागजात १५ दिनभित्र बुझाउनुपर्ने छ भने बैंकले ३ कार्यदिन भित्र कर्जाको निर्णय दिने छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले विद्युतिय सवारी साधनमा ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने योजना ल्याएको छ। माच्छापुच्छ्रे बैंकमार्फत कर्जा लिएर गाडी किन्दा ग्राहकले ३० प्रतिशत मात्रै पैसा हाले पुग्छ। विद्युतिय गाडीमा ६ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउने छ।

यसैगरी इन्धन गाडीमा भने बैंकले ५० प्रतिशतसम्म फाइनान्सिङ गर्ने छ। ५० प्रतिशत रकम ग्राहक आफैले हाल्नुपर्ने छ। यस्तो गाडीमा बैंकले ८ वर्ष सम्मको लागि कर्जा दिने छ।

यसैगरी परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहाने ग्राहकको लागि पनि बैंकले आधार दरमा १ प्रतिशत प्रिमियम र ०.२५ प्रतिशत सेवा शुल्क लिएर कर्जा दिने छ।

सानिमा बैंक

सनिमा बैंकले विद्युतिय सवारी साधन खरिदमा ८.४९ प्रतिशत ब्याजदरमा नै कर्जा दिने जनाएको छ। बैंकले ७ वर्षको लागि उक्त ब्याजदरमा कर्जा दिने भएको हो।

बैंकले विद्युतिय सवारी साधन खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गराउने छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले विद्युतिय सवारी साधन खरिदमा ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। बैंकले ७ वर्ष अवधिको लागि स्थिर ब्याजदरमा कर्जा दिने भएको हो।

लक्ष्मी सनराइजले पनि ८० प्रतिशतसम्म कर्जा दिने छ। बैंकले कर्जा भने ३ कार्यदिन भित्र स्वीकृत गर्ने जनाएको छ।

हिमालयन बैंक

हिमालयन बैंकले विद्युतिय गाडी खरिदमा ८ वर्षको लागि ८० प्रतिशत कर्जा दिने छ। बैंकले विद्युतियमा ९.३६ प्रतिशत ब्याजदरमा नै कर्जा दिने जनाएको छ।

इन्धन गाडी खरिदमा भने बैंकले ८ वर्षको लागि ९.५१ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतिय सवारी साधन खरिदमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने छ। विद्युतीय सवारी साधनमा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आएको छ । नाडा अटो अवधिभर बैंकले सेवा शुल्कमा छुट गरेको छ । प्रोसिसिङ चार्जको रुपमा ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।  

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत फिक्स ब्याजदरमा कर्जा दिने छ भने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहने ग्राहकलाई आधार दरमा २ प्रतिशत थपेर कर्जा दिने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया