Nepal Life

श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

NMB Bank
  • BFIS News
  • 2024 Aug 29 04:46
श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना
United Ajod

काठमाडौँ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

Shikhar
Nepal Life
NIMB

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत अवधेश झाले बताए ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले गत असार ७ गते कम्पनीसँग विवरण माग गरेको थियो । प्राप्त विवरणका आधारमा महानगरले प्रतिवेदन तयार पारेकाे र सोही आधारमा जरिवाना गरिएको झाको भनाइ छ ।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त नभएको र कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नपाइएको महानगरको प्रतिवेदनले औंल्याएको जनाइएको छ । इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ जुन गर्न नहुने प्रतिवेदनमा औंल्याइएको छ ।

इण्डष्ट्रीले महानगरलाई उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनमा क्रमिक रुपमा सूक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिएको जनाएको छ । कपाल उमार्ने रासायनिक तत्वसम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा नभएको महानगरले जानकारी दिएको छ ।,

कच्चा पदार्थ तथा जडीबुटीहरु एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानीकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध नगराएको महानगरले जनाएको छ ।

यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया