NIMB Header 2
Nepal Life

शेयर धितो कर्जामा बैंकहरु आकर्षित, कुन बैंकले कति प्रतिशतमा दिदै छन् शेयरधितो कर्जा (हेर्नुहोस् सूचिसहित)

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 01 10:47
शेयर धितो कर्जामा बैंकहरु आकर्षित, कुन बैंकले कति प्रतिशतमा दिदै छन् शेयरधितो कर्जा (हेर्नुहोस् सूचिसहित)
National Life

काठमाडौं । अन्य क्षेत्रमा कर्जा लगानीको अवस्था नहुँदा शेयर कर्जामा बैंकहरुको आकर्षण बढ्न थालेको छ । बैंकहरुले आठ प्रतिशतभन्दा पनि कम ब्याजदरमा कर्जा लिन बोलाउन थालेका छन्। 

NIMB

शेयर धितो कर्जामा सबैभन्दा धेरै आक्रामक नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ७.५४ प्रतिशतमै शेयरधितो कर्जा उपलब्ध गराउदै आएको छ । बैंकको कर्जा प्रवाहको हिस्सा पनि सबैभन्दा अगाडी छ । यो वाणिज्य बैंकहरुमा नै सबैभन्दा कम ब्याजदर हो।

प्रायः बैंकहरुले अधिकतम एक वर्ष अवधिको लागि यस्तो कर्जा उपलब्ध गराउने गरेका छन् । बैंकहरुले साधारण सेयर धितो कर्जा १८० कार्यदिनको अन्तिम बजारमुल्यको औषत मुल्य वा अन्तिम कार्यदिनको बजारमुल्य जुन कम हुन्छ सो मुल्यको अधिकतम ६० प्रतिशत देखि ७० प्रतिशत सम्म उपलब्ध गराउने गरेका छन् ।

प्रमोटर धितो कर्जाको लागि भने साधारण शेयरको १८० कार्यदिनको अन्तिम बजारमुल्यको औषत मुल्यको ५० प्रतिशत वा प्रमोटर सेयरको अन्तिम कार्यदिनको बजारमुल्य जुन कम हुन्छ सो मुल्यको अधिकतम ४० प्रतिशत देखि ५० प्रतिशत उपलब्ध गराउदै आएका छन् ।

कागजात पुर्याएर आवेदन गरेको ४८ घण्टा भित्रै कर्जा उपलब्ध गराउने बैंकहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले एक जना व्यक्तिलाई यस्तो कर्जा अधिकतम १५ करोड रुपैयाँसम्म उपलब्ध गराउन पाउछन् । तर संस्थागत लगानीकर्ताको हकमा भने सिमा हटाइएको छ ।

आर्थिक मन्दि पछि सुस्ताएको अर्थतन्त्रमा अन्य क्षेत्रमा कर्जा जान नसकेपछि शेयर धितो कर्जामा बैंकहरु आकर्षित देखिएका हुन्। बैंकहरुले पछिल्ला दिनमा घर जग्गा गाडी र शेयरमा आफ्नो लगानीकलाई आकर्षित गर्न थालेका हुन् । नयाँ कर्जा प्रवाह नहुँदा बैंकहरुमा तरलता थुप्रिएको छ । जसले गर्दा सिडि रेसियो घटिरहेको छ । यसको प्रभाव बैंकको व्याजदरमा दिखिइसकेको छ ।

यसले गर्दा पनि बैंकहरुले बढ्दो बजारलाई मध्यनजर गर्दै यता तर्फ केन्द्रित भएका हुन् । बढ्दो बजारमा एकदमै कम जोखिम हुने भएकाले लगानीकर्ताहरु पनि कर्जा लिन हौसिन्छन् । जव बजार घट्न थाल्छ त्यस पछि भने बैंकहरुले मार्जिन कल गर्दै नतिर्ने शेयरधनीको शेयर आफै बिक्री गरिदिन्छन् ।

शेयरधितो कर्जामा सबैभन्दा सस्तो दर ग्लोबल आइएमई बैंकको छ । बैंकले ७.७७ प्रतिशतमै कर्जा उपलब्ध गराउदै आएको छ । त्यस्तै सिद्धार्थ बैंकले ७.९३ प्रतिशत, कृषि विकास बैंकले ७.९६ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ८.१६ प्रतिशत, एभरेष्ट बैंकले ८.२९ प्रतिशतमै कर्जा प्रवाह गर्दै आइरहेका छन् । फाइनान्सहरुको व्याजदर भने १० देखि १२ प्रतिशतसम्म छ । विकास बैंकहरुको भने ८  प्रतिशतदेखि १० प्रतिशतसम्म छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया